गगन थापालाई लगाइएको १५ करोडको बाख्रा पालन संसदमा भन्ने भन्दा पनि योजना अनुसार छानबिन गर्न सक्नु पर्दछ। नकि होम मिनिष्टर जस्तो मान्छेले औला मात्र ठड्याउने होइन्।
लाउडा र वाइड बडि कान्ड पनि औला ठड्याउने भन्दा अनुसन्धान गर्नु पर्दछ। र कारबाहि को दायरामा ल्याउनु पर्दछ।
झापा को टि इस्टेट कान्ड पनि औला ठड्याउने होइन अनुसन्धान अघि बढाउनु पर्दछ। र कारबाहि गर्नु पर्दछ।
सुन कान्ड का नाइकेहरु लाइ छुट दिनु हुँदैन कानुनको दायरामा ल्याउनु पर्दछ।
टेरामेक्स कान्ड पनि मन्त्रि देखि सबैलाई कानुनको दायरामा ल्याउनु पर्दछ।
टिकापुर जग्गा कान्ड पनि जो कोहि होस सबै लाइ अनुसन्धान को दायरा भित्र ल्याइ कारबाहि गर्नु पर्दछ।
कोभिडको समयमा गरियको स्वास्थ्य सामाग्रीहरू को खरिदमा भयको अनियमितता को पनि छानविन गरि कारबाहि गर्नु पर्दछ।
यम बि बि एस मा बिध्यार्थी माथि कलेजले गर्ने अनियमितता तथा भर्षटाचार को पनि छानविन गरि कारबाहि को दायरामा ल्याउनु पर्दछ।
यस देशमा सबै भन्दा बढि अनियमितता गर्नेमा काङ्ग्रेस,एमाले र माओवादीका माथिल्लो तहका सबै बेक्तिको अाय अार्जन र संम्पतिको छानविन आवश्यक छ जसलाइ जैरै देखिको छानविन आवश्यक छ।
प्रतेक ठेक्का पट्टामा नेपालका कर्मचारी देखि नेता तथा कन्ट्रयाक्टर सामेल छन जसलाइ गलत धन्दाको रुपमा बेक्तिगत आम्दानीको श्रोत बनाइन्छ यसमा सरकारको छानविन समिति बनाउनु पर्दछ।
नेपालमा सुकुम्बासी को नाममा हुकुम बासिले देशका सार्बजनिक जग्गा हडपेर वा नक्कली मोहि खडा गरेर खाने यो पुरानो चलन हो जसलाइ निस्तेज पार्न सबैलाइ कारबाहि को दायरामा ल्याउनु पर्दछ। किनकि यि ठुला पार्टीहरुले भोट बैंक को नाम मा लुट मनाइएको छ।
सहकारीको निक्षेप अपचलनको पनि समिति बनाइ कारबाहि को दायरामा ल्याउनु पर्दछ।
काङ्ग्रेसले कैलास सिरोहिया को नागरिकता कान्ड लाइ सहकारि को कुरा उठायर अोझेलमा पार्ने कार्य गर्नु हुदैन।
यि काम हरु गर्ने कसले? बिडम्बना को कुरा जब भर्षटाचारिलाइकारबाहि गर्ने कुरा आयो कि यि नेपालका ठुला दलहरुनै यस्तो कार्यमा सामेल हुनाले नया दललाइ अप्ठ्यारोमा पार्ने दाउमा हेरिन्छ। तेसैले पनि होम मिनिष्टर ले आजको दिनमा यिनिहरु लाइ कारबाहिको दायरामा ल्याउन सक्नु पर्दछ। होइन भने संसदमा आफुलाइ लान्छाना लगाइयो भन्दै मा औला ठड्याएर मात्र हुदैन्। आज जनता ले सबै पार्टीका नेता हरुको कार्यसैलि नियालिरहेको अबस्था छ। आजका जनता मेरो हजुरबा काङ्ग्रेस,एमाले वा माओबादि थिए र म पनि उनैको पदचाप मा हिड्नु पर्छ णन्ने कमै छन्। तेसको रिजल्ट भनेको रास्वपाले ले जितेको छेत्र हरुलाइ नै लिए आजका ठुला भनौदा पार्टी ले हेरे नै पुग्दछ। काङ्ग्रेस र एमाले, माओबादि ले पकाएको मासु र भात खाएर घन्टि जिताएको हिजो नै हो जस्तो लाग्दछ। तेसैले पनि मेरा यति किरि्यासिल सदस्य छन भन्दै कागजमा लेखेर जितिन्छ भन्नु गलत हुने छ। तेस्तै रास्वपाले पनि आफुमाथि लगाइएको आरोप लाइ खन्डन गर्नु को साटो औला ठड्याउने र निस्कलंक हुन नचाहाने हो भने अबको बाटो असहज र पहिलेको नतिजा ल्याउन मुश्किल छ। तैले हिजो गरिस, मैले आज किन गर्न नहुने वा मलाइ मात्र किन?भन्नु भन्दा पनि हिजो गरिएका गलत कार्यलाइ कारबाहि को दायरामा ल्याउनु का साथै आफु पनि निश्कलंक हुनु जरुरि छ।

Post a Comment
0Comments